बस्दा खुट्टा हल्लाउने बानीले हुनसक्छ हृदयघात ! « Khabarhub

बस्दा खुट्टा हल्लाउने बानीले हुनसक्छ हृदयघात !


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा खुट्टा हल्लाइरहने बानी हुन्छ । चुपचाप बस्दा वा कसैसँग कुराकानी गरिरहेको बेला यस्ता मानिसमा खुट्टा हल्लाउने बानी हुन्छ । तर यो बानी नभएर एउटा बिरामीको संकेत हो ।

सामान्यतः सबै मानिसले खुट्टा हल्लाउने गर्दछन् । धेरैले यसलाई बानी व्यवहार माने पनि विशेषज्ञ भने बिरामीको संकेत मान्दछन् ।

यसरी खुट्टा हल्लाउने बानी भएकामा हृदयाघात हुने खतरा बढी हुन्छ । चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई ’रेस्टलेस लेग सिन्ड्रोम’ भनिन्छ । खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग समेत जोडिएको हुन्छ ।

हार्वर्ड मेडिकल स्कुल, बोस्टनका प्रमुख अनुसन्धानकर्ता डा. जोन डब्लू विकलम्यानका अनुसार ’खुट्टा हल्लाउने बानीले पीडित व्यक्तिहरूमा हृदयाघातको खतरा दुई गुणाले बढ्ने गर्दछ । यस्ता व्यक्तिले निदाउनु भन्दा पहिले दुई सयदेखि तीन सय पटकसम्म खुट्टा हल्लाइसकेका हुन्छन् । खुट्टा हल्लाउनाले रक्तचाप र मुटुको चाल बढ्छ । पछि गएर यो मुटुको रोगको सबैभन्दा ठूलो कारक समेत बन्न सक्छ ।

अनुसन्धानकर्ता डा. विकलम्यानले यो नतिजा ३ हजार ४ सय व्यक्तिमा अध्ययन गरेर निकालेका हुन् । अध्ययनमा सामेल व्यक्तिहरूको औसत उमेर ६८ वर्ष थियो । तिनको खुट्टा हल्लाउने समस्या र मुटु रोगबीच तुलनात्मक अध्ययन गरियो ।

सात प्रतिशत महिला र तीन प्रतिशत पुरुषमा खुट्टा हल्लाउने समस्या र मुटु रोगको प्रत्यक्ष सम्बन्ध रहेको पाइयो । यति मात्र नभई, खुट्टा हल्लाउने बानी पनि भएका र बढी उमेर, बढी तौल, उच्च रक्तचाप र धूमपानको अम्मल पनि भएका व्यक्तिहरूमा हृदयाघातको जोखिम झन् बढी हुने गरेको पाइयो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ३० बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा