कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को निरीक्षण गरेका छन् ।

सो अवसरमा उनले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिए ।

उनले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिए । “अब आउने सक्ने सङ्क्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुहोस् । अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्नुहोस्”, उनले भने, “अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्नुपर्दछ ।”

मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

सचिव अर्यालले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको बताए । कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ३५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा