७२८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

७२८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५५३ कोरोना संक्रमितको आईसीयूमा र १५७ को भेन्टिलेटरमा गरी कुल ७२८ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १११ जना आईसीयूमा र ५५ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ४ आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३२३ जना आईसीयूमा र ९६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५३ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ११ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : ३० बजे

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार