यसरी जोगाउनुहोस् तपाईंको कम्प्युटर « Khabarhub

यसरी जोगाउनुहोस् तपाईंको कम्प्युटर


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समय भनेको प्रविधिको समय हो । त्यसैले अहिलेका अधिकाशंको काम कम्प्युटरमा हुने गर्दछ । तर त्यहि कम्प्युटर भने कहिलेकाहि स्लो हुने, फाइलहरू हराउने, अटोमेटिक बन्द हुनेजस्ता समस्या देखिन्छन् । यस्तो किन हुन्छ त ?

कम्प्युटरमा भाइरस घुस्यो भने यसले काममा बाधा उत्पन्न गराउँछ । यसले कम्प्युटरमा राखिएका फाइल हराउन थाल्छ । कतिपय समयमा भाइरसले कम्प्युटर आफैँ बन्द हुन्छ । अनावश्यक फाइलले मेमोरी फुल गरिदिने, फाइल नखुल्ने समस्या आउन सक्छ ।

कम्प्युटरमा अनावश्यक सर्टकट फाइलहरू बन्छन् । यस्तो अवस्थामा भाइरस लागेको हुन्छ । तर केही सावधानी अपनाए कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ । एकपटक कम्प्युटरमा भाइरस छिर्‍यो भने यो व्यापक रूपमा फैलिन्छ । यसकालागि के गर्ने त ?

१. इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड नगर्ने अन्यथा प्राइभेट सफ्टवेयरहरू कपी गर्दा नेटवर्कबाट डाटाहरू एक्सचेन्ज गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ ।

२. नचिनेको अनलाइन पोर्टलहरू खोल्दा भाइरस लाग्ने संभावना हुन्छ ।

३. कम्प्युटरमा भाइरस लाग्दा कम्प्युटर खुल्न बढी समय लाग्छ । कम्प्युटरमा इरर आउँछ ।

४. इमेलबाट पनि कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । नचिनेको इमेल चेक गर्दा कम्प्युटरमा भाइरस लाग्न सक्छ । त्यसैले जोकोहीले पठाएको इमेल चेक गर्नु हुँदैन ।

५. बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना बढी हुन्छ ।

कम्प्युटरलाई जुनसुकै भाइरसबाट बचाउन एन्टिभाइरस राख्नुपर्छ । त्यसो गर्न सकियो भने केही हदसम्म भाइरसबाट कम्प्युटरलाई जोगाउन सकिन्छ । एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ४४ बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड