बाइडेन प्रशासन भारत अमेरिका सम्बन्धलाई बलियो बनाउन प्रतिबद्ध छ : ब्लिन्केन « Khabarhub

बाइडेन प्रशासन भारत अमेरिका सम्बन्धलाई बलियो बनाउन प्रतिबद्ध छ : ब्लिन्केन


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेन प्रशासन नयाँ दिल्लीसँगको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने इच्छा व्यक्त गरेका छन् ।

कोभिड, जलवायुलगायत विभिन्न मुद्दाहरुमा सहयोगको महत्वलाई जोड दिँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन् ।

“हामीले पछिल्ला दुई दशकमा देखेका छौँ कि दुबै देशबीचको सम्बन्ध बलियो र गहिरो हुँदै गइरहेको छ । राष्ट्रपति बाइडेनको दृढ संकल्प भारत र अमेरिका बीचको सम्बन्धलाई अझ बलियो बनाउनु हो,” ब्लिन्केनले भने ।

नागरिकको जीवनमा असर गर्ने कुनै पनि चुनौतीहरुसँग मिलेर लड्नु पर्नेमा पनि उनले जोड दिएका छन् । जलवायु परिवर्तन, कोरोना महामारी,  चिनियाँ जासुसी, आतंकवादविरुद्ध सँगै लड्ने उनले प्रतिबद्धता जनाएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले पनि दुई देशबीच सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको जनाएका छन् ।

“हाम्रो द्विपक्षीय सहयोग पछिल्लो केही वर्षहरुमा धेरै विस्तार भएको छ । हाम्रा चासोहरु साझा छन्, हाम्रा चिन्ताहरु समान छन् । हाम्रा सहकर्मीहरुलाई व्यवहारिक नतिजामा अनुवाद गर्न एक नयाँ दिशा प्रदान गर्नेछ,” जयशंकरले थपे ।

विदेशमन्त्री जयशंकरले कोभिड १९ महामारीपछि बढ्दो बहुध्रुवीय विश्वमा भारत-अमेरिका सहयोगले नयाँ सामर्थ्य प्राप्त गरेको बताए ।

मंगलबार भारत आएका ब्लिन्केनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरेका छन् । उनको भ्रमणको क्रममा ब्लिन्केनले खोप सहयोग, अफगानिस्तान र इन्डोप्यासिफिक क्षेत्रलगायतका व्यापक मुद्दाहरुमा छलफल गरेको बताइएको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ४५ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी