विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त | Khabarhub Khabarhub

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गरेको छ ।

उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले घिसिङ प्राधिकरणमा नियुक्त भएको पत्र मन्त्रालयलाई प्राप्त भइसकेको छ । उनलाई आजै नियुक्तिको पत्र दिएर पदभार ग्रहरण गराइने भेटवालले जानकारी दिए ।

घिसिङले आफूलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी आएको तर पत्र आउन बाँकी रहेको जानकारी दिए । ‘मन्त्रालयको आफ्नै प्रकिया छ, त्यो पूरा भएर सम्भवत आजै पत्र आउँछ अनि कार्यभार सम्हाल्छु,’ घिसिङले खबरहबसँग भने ।

११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए । उनी भदौ ३१ मा चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

प्राधिकरणको नेतृत्व गरेका हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगको विज्ञको जिम्मेवारी दिइएको छ । शाक्यलाई विशिष्ठ श्रेणी सरह र खाइपाइ आएको सुविधा कटौती नहुने गरी उर्जा आयोगमा विज्ञका रूपमा पठाइएको उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : २४ बजे

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक