ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा « Khabarhub

ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योति विकास बैंकले रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ। अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दा बढी क्यूआर कोड वितरण गरेको छ।

बिहीबार आयोजित क्यूआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा क्यूआर सम्बन्धि विभिन्न जानकारी समेत पनि प्रदान गरिएको थियो।

क्यूआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ ।

क्यूआर कोड सेवा बाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल,सहज र सुरक्षित भुक्तानी लगायतका थुप्रै सुविधाहरु प्राप्त हुने छ।

बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ साथै बैंकले डिजिटल बैंकिंगलाई थप प्रर्वद्धन र देशभरी नै क्यूआर कोड वितरण गर्ने र विस्तारित बनाउने प्रतिवद्वता व्यक्त गरेको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु. ३९ अर्ब लगानी गर्न सफल भएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ०३ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई