राष्ट्रिय सभा बैठक : कोरोना महामारी नियन्त्रण गर्न आग्रह « Khabarhub

राष्ट्रिय सभा बैठक : कोरोना महामारी नियन्त्रण गर्न आग्रह


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले)का गोपाल भट्टराईले कोरोनाको तेस्रो लहरको जोखिम रहेको र अस्पतालमा सङ्क्रमित बढिरहेको अवस्थामा त्यसबाट लड्न सरकारको आवश्यक तयारी गर्नुपर्ने बताए । बालबालिकालाई पनि खोप लगाएर शैक्षिक संस्था चालु गर्नुपर्नेमा उनको जोड छ ।

एमालेकै कविता बोगटीले नेकपा एमालेका वरिष्ठ नेताबाट पार्टी विपरीत भएका कामले आम कार्यकर्ता र जनतामा निरासा छाएको बताए । साथै उनले यसअघिको सरकारले स्थापना गरेको भूमि समस्या समाधान आयोग खारेजीप्रति आपत्ति जनाउँदै भूमिहीनलाई जग्गाको पुर्जा पाउने र गाँसबासको व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीले आफ्नो पार्टी सुरुदेखि नै परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै माओवादी कसैको वैशाखी टेकेर अघि नबढेको बताए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेकाले पाँच दलको गठबन्धनले प्रतिगमनविरुद्ध आन्दोलन गर्नु परेको बताए ।

एमालेका रामचन्द्र राईले जुनसुकै दल निकटको भए पनि भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै भ्रष्टाचार तथ्य प्रमाणले प्रमाणित हुने र भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने माग गरे ।

नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ३७ बजे

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण