राष्ट्रिय सभा बैठक : कोरोना महामारी नियन्त्रण गर्न आग्रह « Khabarhub

राष्ट्रिय सभा बैठक : कोरोना महामारी नियन्त्रण गर्न आग्रह


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले)का गोपाल भट्टराईले कोरोनाको तेस्रो लहरको जोखिम रहेको र अस्पतालमा सङ्क्रमित बढिरहेको अवस्थामा त्यसबाट लड्न सरकारको आवश्यक तयारी गर्नुपर्ने बताए । बालबालिकालाई पनि खोप लगाएर शैक्षिक संस्था चालु गर्नुपर्नेमा उनको जोड छ ।

एमालेकै कविता बोगटीले नेकपा एमालेका वरिष्ठ नेताबाट पार्टी विपरीत भएका कामले आम कार्यकर्ता र जनतामा निरासा छाएको बताए । साथै उनले यसअघिको सरकारले स्थापना गरेको भूमि समस्या समाधान आयोग खारेजीप्रति आपत्ति जनाउँदै भूमिहीनलाई जग्गाको पुर्जा पाउने र गाँसबासको व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीले आफ्नो पार्टी सुरुदेखि नै परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै माओवादी कसैको वैशाखी टेकेर अघि नबढेको बताए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेकाले पाँच दलको गठबन्धनले प्रतिगमनविरुद्ध आन्दोलन गर्नु परेको बताए ।

एमालेका रामचन्द्र राईले जुनसुकै दल निकटको भए पनि भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै भ्रष्टाचार तथ्य प्रमाणले प्रमाणित हुने र भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने माग गरे ।

नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ३७ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका