भीमदत्त नगरपालिकाको शिक्षा शाखामा २४ दिनदेखि तालाबन्दी « Khabarhub

भीमदत्त नगरपालिकाको शिक्षा शाखामा २४ दिनदेखि तालाबन्दी


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा विगत २४ दिनदेखि तालाबन्दी गरिएको छ ।

शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले विभिन्न माग राख्दै साउन ३ गतेबाट शाखा कार्यालयमा तालाबन्दी गरेको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

शिक्षकहरुले तालाबन्दी गर्नुका साथै शाखा कार्यालय अगाडि धर्ना पनि दिइरहेका छन् । तालाबन्दीसँगै धर्ना दिएका शिक्षकहरुले साउन १८ देखि रिले अनसनमा समेत गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

शिक्षा शाखा प्रमुख जोशीका अनुसार लामो समयदेखि शाखामा तालाबन्दी हुँदा दैनिक काममा समेत असर परेको छ । पटक पटक छलफलमा बस्दा पनि शिक्षकहरुको माग सम्बोधन गर्न नसकिएको उनले बताए ।

ऐन नियम अनुसार शिक्षक दरबन्दी मिलान गरेपनि शिक्षकहरुले सरुवा तथा पदस्थापनमा चित्त नबुझाएकाले आन्दोलन गरेका उनले बताए । दरबन्दी मिलान गर्दा केही शिक्षकलाई पाएक पर्ने ठाँउ नपरेकाले शिक्षहरु आन्दोलनमा उर्तिएको उनको आरोप छ ।

शाखामा तालाबन्दी गर्दा शिक्षकहरुको कार्य सम्पादन मुल्यांकन, शिक्षकहरुको तलब लगायत अन्य काममा पनि प्राभाव परेको उनले बताए । नगरपालिकाको नयाँ भवन बनेकाले शाखा सार्ने काम पनि तालबन्दीकै कारण रोकिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ३८ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका