मानार्थ कन्सुलर संस्था नेपालका डीनद्वारा राष्ट्रपतिसँग भेट « Khabarhub

मानार्थ कन्सुलर संस्था नेपालका डीनद्वारा राष्ट्रपतिसँग भेट


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मानार्थ कन्सुलर संस्था, नेपाल’ को नव निर्वाचित डीनको टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ । टोली नेतृत्व नवनिर्वाचित डीन लोकमान्य गोल्छाले गरेका थिए ।

डीनले नेपाललाई कोरोना भाइरसको भ्याक्सिन र अन्य स्वास्थ्य सामग्री सहयोग गर्ने देशहरूलाई राष्ट्रपति भण्डारीका कन्सुल तथा कन्सुल जनरलहरूका तर्फबाट शुभकामना दिए ।

उक्त अवसरमा नेपाल र नेपालका लागि सहायता सामग्री पठाउने मुलुकहरू बीचको आपसी सहयोग सौहार्दपूर्ण र सहयोगी रहेको कुरा स्मरण गरिएको थियो ।

सहायता सामग्री पठाउने मुलुकहरू नेपाललाई महामारीमा र अन्य आवश्यक सहयोग गर्न इच्छुक रहेका छन् । डीनको टोलीले राष्ट्रपतिलाई मानार्थ कन्सुलर संस्थाले सहायता प्रदान गर्ने देशहरूले नेपालको अर्थतन्त्र सुदृढीकरण तथा द्विपक्षीय र बहुपक्षीय सम्बन्ध प्रवर्द्धनका लागि गरेको प्रयासका बारे जानकारी गराएको थियो ।

राष्ट्रपति भाण्डारीले विभिन्न मुलुकहरूले नेपाललाई गरेको सहयोगको सराहना गरिन् ।

राष्ट्रपति भण्डारीले ती देशहरूमा नेपाली दूतावास खोल्न सम्भव नभएको वर्तमान अवस्थामा कन्सुलरहरूको भूमिका निकै महत्वपूर्ण हुने विश्वास प्रकट गरिन् ।

राष्ट्रपतिले कन्सुलरहरूले व्यापार, आर्थिक क्षेत्र, जनस्तरको सम्बन्ध र पर्यावरण तथा जलवायुत् परिवर्तन सम्बन्धी ज्वलन्त मामलाहरूमा पनि योगदान गर्न सक्ने बताइन् ।

यसैगरी राष्ट्रपति भण्डारीले मानार्थ कन्सुलर संस्थाले द्विपक्षीय र बहुपक्षीय क्षेत्रमा सहयोग आदान–प्रदानका लागि आफ्नो दायरा अझै फराकिलो बनाउन सक्ने बताइन् ।

उनले व्यापार र पर्यटन प्रवर्द्धनसँगै पर्यावरणका मामलाहरूमा काम गर्न पनि मानार्थ कन्सुलर संस्थाका सदस्यहरूलाई आग्रह गरिन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : ०८ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य