श्रीलंकाविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात « Khabarhub

श्रीलंकाविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ ।

कोलम्बोमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई २८ रनले हराउँदै सिरिजमा विजयी शुरूवात गरेको हो ।

जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका दिनेश चण्डीमालले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै चामिका करुनारत्नेले अविजित २२ रन जोड्दा कप्तान डासुन शनकाले १६ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले ४८ रन जोड्दा रिजा हेन्ड्रिक्सले ३८ रन जोडे । क्विन्टन डी कक ३६ रनमा आउट भए । डेभिड मिल्लर २६ रनमा आउट भए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : ४५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने