श्रीलंकाविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात « Khabarhub

श्रीलंकाविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ ।

कोलम्बोमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई २८ रनले हराउँदै सिरिजमा विजयी शुरूवात गरेको हो ।

जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका दिनेश चण्डीमालले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै चामिका करुनारत्नेले अविजित २२ रन जोड्दा कप्तान डासुन शनकाले १६ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले ४८ रन जोड्दा रिजा हेन्ड्रिक्सले ३८ रन जोडे । क्विन्टन डी कक ३६ रनमा आउट भए । डेभिड मिल्लर २६ रनमा आउट भए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : ४५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु