राजेश हमाल भन्छन्–नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ | Khabarhub Khabarhub

राजेश हमाल भन्छन्–नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता राजेश हमालले हाल चर्चामा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) प्रति आफ्नो धारणा राखेका छन् । उनले शुक्रबार मध्यरातमा एक भिडियो फेसबुकमा पोस्ट गर्दै नेपाली भावना प्रति संवेदनशिल हुन अमेरिकासँग आग्रह गरेका छन् ।

‘आफ्नो छविप्रति अन्य राष्ट्रका नागरिकहरुको विश्वास दिलाउन र असन्तुष्टिलाई स्पष्ट पार्ने भूमिका हुन्छ । यो भूमिका निर्वाह गर्न अमेरिका तयार हुनुपर्छ । किनकी कुनै राष्ट्र र नागरिकको चाहना र भावना विपरित गरिएको क्रियाकलाप कहिँ पनि सौहार्दपूर्ण हुँदैन । नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ’, हमालले भनेका छन् ।

उनले अमेरिका नेपालीको भावना र असन्तुष्टि प्रति संवेदनशिल हुन आवश्यक रहेको उल्लेख गरेका छन् । ‘नेपाली जनताको भावनालाई चित्त नबुझाईकन गरिएका क्रियाकलापहरु दुरगामी असर पर्नेछ । एक किसिमको प्रत्युत्पादक पनि हुनेछ’, उनले भनेका छन् ।

हमालले नेपालको विगत र वर्तमानको परराष्ट्र नीति असंलग्नता र पञ्चशीलमा आधारित रहेको स्मरण गर्दै नेपाल सबै राष्ट्रसँग मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम गर्ने पक्षमा रहेको जनाएका छन् ।

‘नेपाली जनतामा एमसीसीले नेपाली सार्वभौमसत्ता र आफ्नो स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको महशुस गर्नुभएको छ । यो स्वाभाविक पनि हो । त्यसकारण राष्ट्रको नागरिकको चाहना, भावना विपरित कुनै क्रियाकलाप गरियो भने त्यसको दीर्घकालिन असर पर्न सक्छ’, उनले भनेका छन् ।

उनले कुनै राष्ट्रको छवि बिग्रिएको त्यो राष्ट्रलाई विश्वले हेर्ने नजर बदलिने जनाउदै त्यसले विश्वासको स्तर पनि घट्ने दाबी गरे ।

https://www.facebook.com/100006145989198/videos/4254202064693004/

 

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १ : ५५ बजे

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन – भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

फुङ्लिङ– चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली

एमालेमा जान खुट्टा उचालेका वामदेवको बाटोमा कसले राख्यो डिभाइडर ?

काठमाडौं – पूर्वगृहमन्त्री वामदेव गौतमको एमाले प्रवेशमा तत्कालका लागि ‘ब्रेक’

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रेपलाञ्चोक–  जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मङ्गलबार