कोरोना प्रभावित परिवारलाई खाद्यान्न सहयोग « Khabarhub

कोरोना प्रभावित परिवारलाई खाद्यान्न सहयोग


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ साल बैशाखमा आएको विनासकारी महाभूकम्पको चपेटामा परी पलभरमै घरबारविहीन भएका ६५ परिवारहरु भक्तपुर लिवालीको खुला मैदानमा जस्ता पाताले निर्मित अस्थायी टहरमा बस्दै आएका थिए ।

तीमध्ये केही परिवार आफ्नो बासस्थानमा फर्किसकेका छन् भने हालसम्म पनि १५ परिवारहरु त्यहि अस्थायी टहरामे छन् ।

दैनिक ज्यालादारीमा काम गर्दै आफ्नो र परिवारको जीविका चलाउदै आइरहेका उनीहरु कोरोना महामारीका कारण कामविहीन छन् भने आफ्नो र परिवारको भरणपोषणका लागि ऋण लिएर गुजारा बाध्य छन् ।

विगतमा भूकम्पबाट पीडित तथा हाल कोरोनाबाट प्रभावित यस्ता परिवारहरुका लागि गैर सरकारी संस्था गुथिले भत्सल ईम्पेक्स प्रालि (साओमी फोनका अधिकृत विक्रेता) को आर्थिक सहयोगमा एक महिनाका लागि खाद्यान्न सहयोग गरेको छ । संस्थाले ३० परिवारलाई सहयोग गरेको हो ।

भत्सल ईम्पेक्सका प्रबन्धक नितेश कुमार मुन्द्राले विश्वभरी साओमी फोनले वर्चस्व कायम गर्न सफल भएसँगै कम्पनीको सामािजक उत्तरदायित्व अन्तर्गत भक्तपुर लिवालीका न्यून आय भएका र कोभिड १९ महामारीले समस्यामा परेका परिवारहरुलाई खाद्यान्न सहयोग गरेको बताए ।

यसैगरी विष्णुमती किनारामा बसोबास गर्ने न्यून आय भएका समुदायका लागि स्मार्ट टिभी सहयोग गरी विद्यार्थीहरुका लागी भर्चुअल पठनपाठनमा सहयोग गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ३ : १६ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–