चीनसँगको सीमा विवाद अध्ययन गर्न गठित समितिको टोली हुम्ला पुग्यो « Khabarhub

चीनसँगको सीमा विवाद अध्ययन गर्न गठित समितिको टोली हुम्ला पुग्यो


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समिति शनिबार हुम्ला पुगेको छ । शनिबार हुम्ला सदरमुकाम सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँगको छलफलपछि टोली सीमा क्षेत्र प्रस्थान गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खबरहबलाई जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिब जयनारायण आचार्य संयोजक रहेको अध्ययन समितिको टोलीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रको सीमा अवलोकनका लागि त्यसतर्फ गएको छ । अध्ययन टोलीले १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्नेछ ।

गत वर्ष लिमी क्षेत्रमा चीनले नेपाली भूमि मिचेको सार्वजनिक भएको थियो । त्यतिबेला तत्कालीन हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीले चीनले नेपाली भूमिमा भवन भएको देखिएको बताएका थिए । तर, तत्कालीन ओली सरकारले भने चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो । चीनले पनि कुनै सीमा विवाद नरहेको बताएको थियो ।

तर, तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसका कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको टोलीले सीमा क्षेत्रको अवलोकनपछि चीनले सीमा मिचेको कांग्रेस केन्द्रीय कार्यालयमा प्रतिवेदन दिएको थियो । अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेका बेला विवाद अध्ययनका लागि समिति गठन भएपछि पनि चीनले सीमा विवाद नरहेको बताएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : २२ बजे

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने