परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित | Khabarhub Khabarhub

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६–८ कात्तिकमा काठमाडौँमा हुने भनिएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान स्पष्ट नभएको, विद्यार्थीहरूलाई विधानविपरीत सदस्यता वितरण गरिएको, तोकिएको अवधि समाप्त भएपछि पनि विभिन्न देशमा अधिवेशन गरिएको भन्दै विवादित विषयको निरूपण नभएसम्म महाधिवेशन नगर्न पत्र पठाएको थियो ।

‘गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल गर्दै उक्त बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ,’ प्रवक्ता डीबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरूसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको प्रवक्ता क्षेत्रीले जनाएका छन् । उनका अनुसार ६ महिनाभित्र महाधिवेशन हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ५७ बजे

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुर ल्याइँदै 

जनकपुरधाम– किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं– कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति

सरकार हाँक्नेको सम्पत्ति : कसैसँग डेढ करोड नगद, कसैको बैंक खाता नै छैन

काठमाडौं – गत बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

मकवानपुर– बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा

लण्डन–सिङ्गापुर उडान टर्ब्युलन्सका कारण एक जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं– लण्डनबाट सिङ्गापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको  एक विमान आँधीको