उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ « Khabarhub

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो ।

छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।

पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने छठ पूजा यसपालि टोलटोल गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको छ । छठ पर्वमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी हुने गरेको सन्ध्या देवले बताइन् ।

मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ७ : २८ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका