जनगणनाका लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील (भिडियो) « Khabarhub

जनगणनाका लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील (भिडियो)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने सही विवरण उपलब्ध गराउन आमनागरिकसँग अपील गरेका छन् ।

जनगणनाको मूल गणना सुरु हुनु अघि भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन अनुरोध गरे । संघीयतापछिको पहिलो जनगणनाको मूल गणना आजबाट ९ मंसिरसम्म चल्नेछ । त्यसका लागि गणकहरु बिहान ९ बजेपछि घरदैलोमा पुग्नेछन् ।

सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न देउवाले अपील गरे ।

जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्दै देउवाले जनगणना देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ८ : २२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी