रक्तअल्पता भएमा के गर्ने ? के नगर्ने ? « Khabarhub

रक्तअल्पता भएमा के गर्ने ? के नगर्ने ?


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

शरीर पहेँलो देखिनु, जीउ फुस्रो र कमजोर हुनु, दुब्लाउँदै जानु यस रोगका प्रमुख लक्षणहरु हुन् ।

खान र गर्न नहुने कुराहरु :

यो रोगले पीडित रोगीहरुले भिटामिन र खनिजतत्व प्राप्त नहुने खानेकुराहरु, मैदाका परिकारहरु, पालि गरेको र बढी पखालेको चामलको भात एवं असन्तुलित र अप्राकृतिक खानेकुराहरु खानु हुँदैन  ।

खान र गर्न हुने कुराहरु :

यो रोगका बिरामीले भिटामिन, खनिजतत्व, लौहतत्व एवं फलामतत्व बढी पाइने खानेकुराहरु जस्तै : फलामको कराहीमा पकाएको कालो मासको दाल, पालुङ्गो, लुँडे, सिस्नु, प्याज र लसुनको साग आदिमा बढी जोड दिनुपर्छ ।

त्यस्तै गाँजर, मुला, गोलभेँडा, दाख, किसमिस, केराउ, केरा, स्याऊ, अम्बा, सुन्तला, मौसम, कागतीजस्ता फलफूल तजा तरकारीहरु प्रशस्त मात्रामा खाने, फलफूल र तरकारीको रस एवं दूध खाने, शरीरलार्ई मालिस गर्ने, गहुँको जमाराको रस आदि पिउनुको साथै विशेष जडीबुटीहरुको सेवन गर्दै जाने हो भने रक्तअल्पतामा पूर्ण रुपमा सुधार आउँछ ।

साभार  : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’पुस्तकबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ७ : ०७ बजे

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत– जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा

आम्दानीको स्रोत अटोरिक्सा : मासिक ४० हजार रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न