माघ १९ मा पल र पुजाको ‘म यस्तो गीत गाउँछु २’ « Khabarhub

माघ १९ मा पल र पुजाको ‘म यस्तो गीत गाउँछु २’


२५ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री पुजा शर्मा र अभिनेता पल शाह स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु’ आगामी माघ १९ मा रिलिज हुने भएको छ । डेढ वर्ष अघि २०७६ साल फागुन ३० मा प्रदर्शनका लागि तयार रहेको फिल्म कोभिड महामारीका कारण रिलिज हुन सकेको थिएन ।

फिल्मका निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी माघ १९ मा रिलिज हुने जानकारी दिएका छन् । ‘कुनै एक चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यसै वर्षको माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेका छौं’, सुदर्शनले लेखेका छन् ।

सुदर्शनका अनुसार फिल्मलाई उपत्यकाबाहिर एफडी कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र जीजीए इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

फिल्ममा दिनेश डिसी, हरिहर शर्मा, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायालगायतको पनि अभिनय छ । सुदर्शन थापा र पुजा शर्माले निर्माण गरेको फिल्ममा सुदर्शन थापाकै कथा, सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ११ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको