नेपाल-भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले « Khabarhub

नेपाल-भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् ।

भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्‍यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् ।

पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवर्धनमा मन्त्री आलेले जोड दिए ।

समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उनले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय हुन् भनेका छन् ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताए ।

पचासवटा मोटरसाइकलको उक्त र्‍याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १२ : ०० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी