पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा, नयाँ टिम विजेता बन्ने पक्का « Khabarhub

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा, नयाँ टिम विजेता बन्ने पक्का


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलिलाई पाँच विकेले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै १९ ओभरमा भेटायो । म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलमा कितबेला अष्ट्रेलिया अगाडि हुन्थ्यो भने कतिबेला पाकिस्तान । तर, अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो । अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए । डेबिड वार्नरले ४९ रन बनाएका थिए ।

पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए पनि अन्य बलर सफल नहुँदा पाकिस्तान उपाधि होडबाट बाहिरियो । आईसीसीको कुनै पनि इभेन्टको नकआउटमा पाकिस्तानले हालसम्म अष्ट्रेलियालाई पराजित गर्न सकेको छैन ।

अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ । न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो ।

यी दुबै टिमले हालसम्म टी ट्वान्टी विश्वक कपको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो पटक नयाँ विजेता बन्ने पक्का भएको हो । फाइनल खेल आगामी सोमबार हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ११ : ३५ बजे

सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ – विशेष महाधिवेशनपछि कांग्रेस विवादको विषयमा परेको रिटको सुनुवाइ

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार