कांग्रेस महाधिवेशन : मनोनयन दर्ता आज « Khabarhub

कांग्रेस महाधिवेशन : मनोनयन दर्ता आज


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

काठमाडौँको भृकुटीमण्डमा शुक्रबार शुरु भएको महाधिवेशन उद्घाटनसत्र सकिएपछि भएको बन्दसत्रले तीनवटा प्रतिवेदन पारित गरेको थियो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बन्दसत्र सत्रिएपछि महाधिवेशन अब चुनाव केन्द्रित भएको हो । शनिबार उम्मेदवारी दर्ता हुने छ भने पर्सि सोमबार मतदान हुनेछ ।

यस्तो छ चुनावी कार्यतालिका

१. उम्मेदवारको मनोनयन दर्ता : आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।

२. उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझ : आजै बेलुका ५ बजेदेखि ७ बजेसम्म। त्यसपछि ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय हुने र १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार) हुनेछ ।

३. भोलि बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो १२ : १५ बजे हुनेछ।

४. मतदान पर्सि बिहान ८ बजे हुनेछ ।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ।

सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ।

सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ५९ बजे

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा