सिँचाइ आयोजना बनेपछि किसानलाई सहज | Khabarhub Khabarhub

सिँचाइ आयोजना बनेपछि किसानलाई सहज


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापा खेतीका लागि उपयुक्त जिल्ला मानिन्छ । धान खेतीका लागि त झापा प्रदेश १ उत्कृष्ट जिल्ला हो । झापामा वर्षमा दुई बाली धानसँगै अन्य खेती पनि हुने गरेको छ । विगतमा सिँचाइ अभावले हिउँदमा दक्षिणी क्षेत्रका किसानलाई खेतीका लागि निकै समस्या हुने गरेको थियो ।

तर, जिल्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानलाई खेती गर्न सहज हुँदै गएको छ । वर्षौंदेखि सिँचाइको अभावमा खेती गर्न समस्या भोगिरहेका दक्षिण झापाका किसानहरू सिँचाई सञ्चालनले दुई बादली खेती लगाउन थालेका हुन् । विगत चार वर्षअघिदेखि निर्माण थालिका विभिन्न सिँचाइ योजनाहरू सम्पन्न हुँदै गएपछि विगतमा बाँझै रहेका खेतहरूमा पनि खेती हुन थालेको छ ।

पानीको अभावमा आधा समय बाँझो रहने जमिनमा सिँचाई योजना सञ्चालनमा आएपछि बाह्रै महिना खेती गर्न थालिएको गौरादहका किसान हरि राजवंशीले बताए । ‘पहिला त पानी नभएर कति खेत त बाँझै हुन्थे । तर, अहिले पानी आएपछि सहज भएको छ । खेती गर्न पाएका छौँ,’ उनले भने, ‘अब खेतीबाट पनि केही गर्न सकिन्छ भन्ने आस पलाएको छ ।’

सिँचाइ सुविधा भएपछि कृषकहरूले आकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको कृषक विष्णु अधिकारी बताउँछन् । ‘पहिला त हिउँदमा सक्नेले डिप बोरिङ गाडेर खेती गर्थे । नसक्नेले हिउँदमा खेती नै गर्दैन थिए,’ उनी भन्छन्, ‘सिँचाइ आएपछि त १२ महिना नै खेती हुन थालेको छ । गरिब किसानलाई पनि सहज भएको छ ।’

जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका अनुसार झापामा ९० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ आवश्यक छ । आर्थिक वर्ष ०७७/०७८ को तथ्यांकअनुसार ५४ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाले जनाएको छ ।

गत वर्ष मात्र एक हजार हेक्टर क्षेत्रफल सिँचित क्षेत्रको रूपमा व्यवस्थित गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिए । संघीयता कार्यान्वयन यता सुरु भएका मुख्य सातवटा सिँचाइ योजनामध्ये चारवटा योजना करिब सम्पन्नको चरणमा पुगेको उनले बताए ।

उनका अनुसार डुडामारी-रामचन्द्रे सिँचाइ योजना, गेउरीया कृषि सुधार सिँचाइ योजना, हल्दिबारीको हर्चना कृषक सिँचाइ कुलो योजना र बुद्धशान्तिको हडिया-फूलवासा सिँचाइ योजनाको भौतिक संरचनाको निर्माणको काम सकिएको छ । अब चाँडै पानी छाडिने उनले बताए । यस्तै, देउनियाँ खोला सिँचाइ योजना, निन्दा-राजपैनी योजना, पालियापूर्व सिँचाइ योजनाको काम धमाधम भइरहेको उनले बताए । राजवंशीका अनुसार यी योजना पनि ५० देखि ७० प्रतिशतसम्म सम्पन्न भएको छ । कोरोना कहरका कारण आधा बजेट कटौती हुँदा कतिपय निर्माणधीन योजनामा प्रभाव परेको सिँचाइले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ४१ बजे

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेन-जीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको

गृहमन्त्री अर्यालले सार्वजनिक गरे एक महिने प्रगति विवरण (पूर्णपाठ)

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण

पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी

काठमाडौं । नेकपा एमालेका नेता राजिब पहारीले पार्टीका सबै कमिटीमा

अन्तरिम सरकारको रिपोर्ट कार्ड : एक महिनामा के गर्‍यो, के गरेन ?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले