माओवादी कर्णाली अधिवेशन, नेतृत्वका लागि १६ जना आकांक्षी (नामावलीसहित) « Khabarhub

माओवादी कर्णाली अधिवेशन, नेतृत्वका लागि १६ जना आकांक्षी (नामावलीसहित)


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश स्तरीय अधिवेशन शनिबार सुर्खेतको वीरेन्द्रनगर–६ स्थित सिटी हलमा शुरू भएको छ ।

कर्णालीका १० जिल्लाका करिब आठ जना प्रतिनीधिहरूको सहभागितामा कर्णाली प्रदेशको सम्मेलन शुरू भएको हो ।

कर्णाली प्रदेशको नेतृत्वका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका १६ जना केन्द्रीय सदस्यमध्ये १४ जनाले नेतृत्वका लागि आंकाक्षा देखाएका छन् ।

कर्णालीबाट केन्द्रीय सदस्य रहेका हालका अध्यक्ष राजकुमार शर्मा र सचिवमा रामदिप आचार्य, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल, मायाप्रसाद शर्मा, नरेश भण्डारी, गजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, र वसन्त शर्मा, नरबहादुर विष्टले अध्यक्ष हुने आंकाक्षा देखाएका छन् । १६ केन्द्रीय सदस्यमध्ये अर्थमन्त्री रहेका जर्नादन शर्मा र शक्तिबहादुर बस्नेत प्रदेश अध्यक्षमा आंकाक्षी छैनन् ।

केन्द्रमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र हालका अर्थमन्त्री जर्नादन शर्मा केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका रुपमा रहँदै आएका छन् । तर, कर्णाली प्रदेशमा आउँदा यी दुबै नेताले आआफ्ना गुट सञ्चालन गरेका छन् ।

कर्णालीमा अहिले १४ जनामध्ये कालीबहादुर मल्ल, मायाप्रसाद आचार्य, रामदीप आचार्य, नरेश भण्डारी र महेन्द्रबहादुर शाही, हालका अध्यक्ष राजकुमार शर्माले अध्यक्षका दाबी गरेका छन् । कालीबहादुर, नरेश, रामदीप, मायाप्रसाद बस्नेत समूहका हुन भने महेन्द्र र राजकुमार जर्नादनका समूहमा रहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १ : १५ बजे

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

नयाँदिल्ली– भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ

शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिए कारवाही हुने

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा