मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मोटरसाइकल दुर्घटना आज भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने एक गभ्भीर घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं को मोटरसाइकल आज आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार स्थानीयवासी ३२ वर्षीय रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक गुण्डुकै ३७ वर्षीय सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ५९ बजे

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता