ओलीले फेरि भने : ताजा जनादेशको विकल्प छैन « Khabarhub

ओलीले फेरि भने : ताजा जनादेशको विकल्प छैन


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकबाट अस्थिरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको बिकल्प नभएको दोहोर्‍याएका छन् ।

शनिबारबाट भक्तपुरमा सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनमत प्राप्त सरकारलाई हटाएर मुलुकमा अस्थिरता र अराजकता पैदा गर्न खोजिएको भन्दै ताजा जनादेशको बिकल्प नभएको बताए ।

ताजा जनादेश भन्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला दुई पटक संसद विघटन गरेका थिए । दुबै पटक सर्वोच्चले विघटन बदर गरिदिएको थियो । ओली अझे पनि ताजा जनादेशको अडानमा अडिग देखिएका छन् ।

यसअघि एमालेकै भोटले जितेका व्यक्तिहरुले बेइमानी गरेको र पार्टीलाई बिगार्न खोजिएको उनले आरोप लगाए। उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनका साथै अन्य निर्वाचनमा जितको लक्ष्यका साथ तयारी गर्न निर्देशन दिए ।

उनले स्वार्थमा नभएर बिचारमा संगठित भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे। एमालेको बिजयीलाई सुनिश्चित बनाउनका लागि एकीकृत भएर जनतामाझ जार्नुपर्ने र यसका लागि कुनै मोर्चाबन्दीको आवश्यकता नरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले जनताका लागि गर्नैपर्ने बिभिन्न कामहरुको सूची वनाएर नै परिचालन हुन निर्देशन दिए ।

केन्द्रीय कमिटी बैठकले नेता अमृत बोहोरालाई एमाले सल्लाहकार परिषद्को अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ । बैठकले महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख निष्कर्ष निकालेको छ ।

महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन गर्दै बैठक आइतबार समापन हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ०० बजे

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित