उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी « Khabarhub

उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

१३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो ।

निर्वाचन समितिले सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठाएको छ ।

त्यसैगरी, उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ ।

२० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ । केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : ०० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति