ग्यास्ट्रिकले सतायो ? यस्ता खानेकुरा खाँदै नखानुस् « Khabarhub

ग्यास्ट्रिकले सतायो ? यस्ता खानेकुरा खाँदै नखानुस्


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ ।

यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ भने भुलेर पनि यी खानेकुरा नखानुहोला-

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पुर्‍याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ ।

त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु ९ससेज, ह्याम०, ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ५ : ५५ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।