चर्चित कुटनीतिज्ञ बर्नसलाई सीआईए प्रमुख बनाइने वाइडेनको घोषणा | Khabarhub Khabarhub

चर्चित कुटनीतिज्ञ बर्नसलाई सीआईए प्रमुख बनाइने वाइडेनको घोषणा


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् ।

केन्द्रीय गुप्तचर निकाय (सीआईए)को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले घोषणा गरेका छन् ।

सरकारी कर्मचारीकारूपमा झण्डै ३३ बर्ष सेवा गरेका बर्नस अहिले ६४ बर्षको भएका छन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए ।

उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् ।

उनलाई अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छ ।

उनी गत सन् २०१७ देखि एक बर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए । तर, ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छोडेका थिए ।

बर्नसले अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधि पनि गरेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : १० बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै