सूर्य चिन्ह र नेकपा हाम्रै हुन्छ, खोसेमा ‘आँधीबेहरी’ आउँने प्रचण्डको चेतावनी « Khabarhub

सूर्य चिन्ह र नेकपा हाम्रै हुन्छ, खोसेमा ‘आँधीबेहरी’ आउँने प्रचण्डको चेतावनी


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिन्ह आफ्नै पक्षमा हुने दाबी गरेका छन् ।

गण्डकी प्रदेश कमिटीको आयोजनामा भएको कार्यकर्ता भेलामा उनले आफूहरुसँग ७० प्रतिशत रहेकाले पार्टीको नाम र सूर्य चिन्ह आफ्नै पक्षमा हुने दाबी गरेका हुन ।

“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाम्रै हुन्छ । सूर्य चिह्‍न पनि हाम्रै हुन्छ । तपाईं लेखेर राख्नुस् । कसैले खोस्‍न सक्दैन । खोस्यो भने आँधीबेहरी आउँछ,’ उनले चेतावनी दिए ।

उनले निर्वाचन आयोगसँग कुराकानी गर्दा न्याय गर्ने विश्वास  पलाएको बताए । ‘आयोग यो विषयमा गम्भीर भएको छ । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा हामी धेरै छौँ,’ उनले भने, ‘त्यसैले ढुक्क हुनुभए हुन्छ निर्णय हाम्रै पक्षमा हुन्छ।’

ओली मानिसहरुलाई धम्काउने र प्रतिगमनमा रमाउने मानिस भएको उनले आरोप लगाए। उनले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिए ।

उनले भने, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई। तपाईंले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ तपाईंले ?’

सत्ता र शक्तिको प्रयोग गरेर मानिसहरुलाई धम्काउने, तर्साउने तथा पार्टी एकताको मर्म र भावनामाथि प्रहार गर्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको प्रचण्डले आरोप लगाए ।

यस्तै प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दै गरेको टिप्पणीलाई लिएर पनि दाहालले आपत्ति जनाएका थिए । ओलीले प्रधानमन्त्री पदका लागि पार्टी फुटाएको आरोप लगाए ।

उनले सडक संघर्षमा टाउको फुटाउने पालो आफूहरुको आएको समेत बताए । उनले भने, ‘अब गिरिजा बाबुपछि सायद माधव जी म, प्रकाश जी, झलनाथ एकचोटी सड्कमा टाउको फुटाउने हाम्रो पालो आएको हो कि ? तपाईहरु तयार हुनुहुन्छ ?’

अध्यक्ष दाहालले ‘जबज’ माधव नेपालले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले नै छोडेको दाबी गरे । अध्यक्ष दाहालले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताए ।

‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर छन्’, प्रचण्ड भने ।

माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि उनले बताएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : ५० बजे

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा

स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती 

काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा