मुलुक अस्थिरतातर्फ धकेलिने अवस्था आएपछि संसद विघटन : गृहमन्त्री थापा (भिडियोसहित) « Khabarhub

मुलुक अस्थिरतातर्फ धकेलिने अवस्था आएपछि संसद विघटन : गृहमन्त्री थापा (भिडियोसहित)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक अस्थिरता पैदा हुने अवस्था आएपछि प्रधानमन्त्रीले संसद विघटनको कदम चालेको बताएका छन् ।

मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताएका हुन ।

उहाले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप लगाए ।

सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको उहाको भनाइ थियो । आफूहरुले नयाँ नेपाल बनाउन चाहेको बताउँदै उनले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गरे ।

हेरौँ भिडियो

मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गरे ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ४८ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली