अनसनरत गंगामायाको जीवन रक्षाको माग राख्दै प्रदर्शन (भिडियोसहित) « Khabarhub

अनसनरत गंगामायाको जीवन रक्षाको माग राख्दै प्रदर्शन (भिडियोसहित)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छोराको हत्यारालाई कारबाहीको माग राखेर लामो समयदेखि संघर्षतरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै मंगलबार काठमाडौंमा मानवअधिकारवादीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

तीन साता लामो आमरण अनसनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्दै उनीहरुले सरकारको खबरदारी गर्दै वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन ।

हेरौँ भिडियो

२०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृण्णप्रसाद अधिकारीको हत्या भएको थियो ।

गंगामायाको स्वास्थ्य विग्रिएको भन्दैसरकारलाई दबाब दिन ‘गंगामाया बचाऔँ’ अभियान गर्नुपरेको मानवअधिकारवादी इन्द्र अर्यालले बताए ।

आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कारबाहीको माग गर्दै गंगामाया अधिकारी अहिले बाह्रौं पटक आमरण अनशनमा बसेको पनि २२ दिन भएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : १४ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’