बढी जोखिमका मान्छे नै भ्याक्सिनको पहुँचबाहिर | Khabarhub Khabarhub

बढी जोखिमका मान्छे नै भ्याक्सिनको पहुँचबाहिर



बेलायतमा भ्याक्सिनेसनको पहिलो चरणको कार्यक्रम पूर्णरूपमा सञ्चालन भइरहेको छ । सरकारको भनाइले के दर्शाउँछ भने क्लिनिकलरूपमा असुरक्षित मान्छेहरू छिट्टै सुरक्षाको घेराभित्र आउने छन् ।

गहिरोरूपमा हेर्ने हो भने जोखिमयुक्त मानिसहरू अझै पनि भ्याक्सिनको पहुँचभन्दा बाहिर रहेका देखिन्छन् ।

गत वर्षको अन्त्यतिर जब कोरोना भ्याक्सिन प्रयोगमा आयो, भ्याक्सिन र प्रतिरक्षा प्रणालीको संयुक्त कमिटी (जेसीभीआई)ले क्लिनिकल्ली अत्यन्तै जोखिमपूर्ण अवस्था (सीईभी) का मानिसलाई प्राथमिकता सूचीको छठौँ स्थानमा राख्यो, शारीरिक हिसाबमा कुनै समस्या नरहेका वृद्धवृद्धाभन्दा तल्लो स्थानमा ।

६५ वर्षीय म्याराथन धावकलाई प्राथमिकता सूचीको माथिल्लो स्थानमा राख्दै गर्दा मुटु रोगसँग जुध्दै बाँच्नका लागि अक्सिजन लिने युवकलाई प्राथमिकताको सूचीको तल्लो स्थानमा राख्ने निर्णय गर्‍यो । यो निर्णय आफैँमा रहस्यमय थियो । दबाबपछि सरकारले आफ्नो निर्णय बदलेर सीईभी वर्गका मानिसलाई चौथो स्थानमा राख्ने निर्णय गर्‍यो  ।

दबाबबीच निर्णय गरे पनि सरकारको यो राम्रो काम हो । यसले सबै मान्छेलाई समेट्ने कुरामा भने शंका छ । शारीरिकरूपमा अशक्त युवा व्यक्ति सरकारको सीईभी वर्गमा पर्ने कुरामा शंका गर्न सकिन्छ ।

बच्चासँग बस्ने गरेका काम गर्ने समूहका मानिस पनि वृद्ध अवस्थाका भन्दा बढी जोखिममा बाँच्नु परेको हुन सक्छ । बेलायतको स्वास्थ्य संस्थाले यसै महिना भनेको थियो,  वर्तमान अवस्थाको माग हेर्दा हामीलाई भ्याक्सिनको तीव्र आपूर्तिको आवश्यकता हुन्छ ।

धेरै मानिसले कामबाट निकालिन सक्ने डरसहितको सन्देश पठाउने गरेका छन् । यस्तै भ्याक्सिन लगाउनुअघि नै स्कूल सञ्चालनमा आउने हो कि भन्ने आशंका पनि धेरैले व्यक्त गरेका छन् ।

‘मेरो श्रीमान् ४४ वर्षको हुनुहुन्छ, उहाँ वाथ रोगको विरामी हुनुहुन्छ । उहाँलाई पुनः फेस सेड प्रयोग गरिनेछ भनेर सरकारका तर्फबाट एउटा सन्देश आएको छ’ भन्दै काल्रा नाम गरेकी एक महिलाले मलाई मेल पठाएकी छिन् ।

उनले मेलमा लेखेकी छन्— हाम्रो १० वर्षको छोरो आजदेखि प्राथमिक विद्यालय गए पनि मेरा श्रीमानले आउने कैयौँ दिनसम्म आफ्नै कोठामा ‘फेस सेड’ प्रयोग गर्नु पर्नेछ । हामीले पछिल्लो अंकमाल आज बिहान गरेका थियौँ ।

मेरा श्रीमानकी आमा ७५ वर्षकी हुनुभयो । उहाँ आफ्नो श्रीमानसँग बस्नुहुन्छ तर उहाँहरूलाई यस्तो सेड प्रयोग गर्ने विषयमा केही भनिएको छैन । उहाँले आफ्नो छोराले भन्दा पहिला भ्याक्सिन प्रयोग गर्न पाउनु हुनेछ ।

सुस्त मनस्थितिका मानिसलाई पनि भ्याक्सिन प्रयोगको प्राथमिक सूचीमा राखिनुपर्छ । हाल वृद्धहरू जो केही सिक्न अशक्त छन्, डाउन सिन्ड्रम भएका व्यक्ति र देखिने हिसाबले नै अशक्त रहेका व्यक्तिलाई भ्याक्सिनको प्राथमिक सूचीमा राखिएको छ ।

अशक्त व्यक्तिहरूको मृत्युदर सामान्य मान्छेको तुलनामा ६ गुणाले धेरै छ । सामान्य युवाको तुलनामा अशक्त युवाहरू कोरोनाका कारण ३० गुणा धेरै मर्ने सम्भावना देखिन्छ ।

यसको मतलब मध्यम खालका अशक्त व्यक्तिहरूलाई यो प्राथमिकताको सूचीमा राखिएको छैन । अशक्त व्यक्तिहरूको मृत्युदर सामान्य मान्छेको तुलनामा ६ गुणाले धेरै छ । सामान्य युवाको तुलनामा अशक्त युवाहरू कोरोनाका कारण ३० गुणा धेरै मर्ने सम्भावना देखिन्छ ।

मध्यम खालका अशक्त व्यक्तिहरू जोखिममा छैनन् भन्ने कुनै आधार छैन । एक अध्ययनले के देखाएको छ भने कोरोनाको पहिलो लहरमा निधन हुने अशक्तहरूमा ६५ प्रतिशत मध्यम खालका थिए । वृद्धहरूको तुलनामा केयर सेन्टरमा बस्ने अशक्तहरूको पनि भ्याक्सिनमा समान पहुँच छैन । मन्त्रीले सबै वृद्ध वृद्धालाई भ्याक्सिनको सुविधा प्रदान गर्ने भन्दै गर्दा अशक्त व्यक्तिहरू प्राथमिकताको छठौँ स्थानमा रहेका छन् ।

अशक्त बच्चाहरूलाई भ्याक्सिनको विषयबाट बाहिर राखिएको छ । भ्याक्सिनको प्राथमिकताबाट १६ वर्षभन्दा कम उमेरका मानिसलाई बाहिरै राखिएको छ । यसको अर्थ क्लिनिकलरूपमा जोमिखमा रहेका बच्चाहरू पनि भ्याक्सिनको पहुँचबाट टाढा छन् भन्ने हुन्छ । स्वस्थ नाबालक कोरोनाको जोखिमबाट टाढा रहेको कुरा सत्य हो । यसले मात्रै अशक्त बच्चा भएका अभिभावकलाई आश्वस्त पार्न सक्दैन ।

रेखदेख गर्ने कर्मचारीलाई नै हेरौँ न ! सामाजिक कार्यकर्तालाई भ्याक्सिनको प्राथमिक सूचीमा राखिँदा अशक्त व्यक्तिहरूले व्यक्तिगतरूपमा राखेका रेखदेख कर्मचारीलाई भने भ्याक्सिनको प्राथमिक सूचीबाट बाहिर राखिएको छ ।

अशक्त व्यक्तिहरूको पैरवीपछि सरकारले तलबविना राखिएका रेखदेख कर्मचारीलाई भने भ्याक्सिनको प्राथमिक सूचीमा समावेश गर्‍यो । द च्यारिटी केर्यस बेलायतले मलाई दिएको जानकारी अनुसार सरकारले आफ्नो तथ्यांक ताजगीकरण गर्नुपर्ने आवश्यकता छ ।

हामीले मानिसलाई उनीहरू भ्याक्सिनेसनको पहुँचमा नै छन् भन्ने कुराको आश्वासन दिनुपर्छ । पछिल्ला रिपोर्टहरू अनुसार ९२ वर्षका व्यक्ति भ्याक्सिनका लागि लाइनमा बस्नुपरेको थियो । जाडोमा उनीहरूलाई थप सय माइल टाढा जान भनिएको थियो । यसले वृद्धहरूमा चिन्ता थपिदिएको छ ।

यो अवस्था लाइनमा नै बस्न संघर्ष गर्नुपर्ने अशक्त व्यक्तिहरूका हकमा कम छैन । वृद्ध र अशक्तहरूलाई नजिकैको केन्द्रमा भ्याक्सिन लगाउने वातावरण सिर्जना गर्नुपर्छ । आफ्नो कमजोरीका कारण कोही पछि नपरोस् भन्ने सरकारको लक्ष्य हुनुपर्छ ।

सबै अवस्थाका मानिसले आफ्नो जीवन रक्षा गर्न संघर्ष गर्दै गर्दा भ्याक्सिनको प्राथमिकीकरणको विषयमा बोल्दा असहज लाग्न सक्छ । थोरै काम गरेर सर्वसाधरण मानिसको सहानुभूति प्राप्त गर्न खोज्ने सरकारका लागि भने यो महत्वपूर्ण प्रश्न हो । भ्याक्सिन वितरणको कार्य चलिरहँदा जो मानिस जोखिममा छन्, तिनीहरूले भ्याक्सिनमा पहिला पहुँच पाउनुपर्छ ।

(फ्रान्सिस रयान द गार्जियनकी स्तम्भकार हुन् । फरकरूपमा सक्षम व्यक्तिहरूका विषयमा कलम चलाउने उनी आफू पनि फरक क्षमताकी व्यक्ति हुन् । फेब्रुअरी ३, २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ०१ बजे

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह

जुम्ला– जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री

चिकित्सकको अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

महोत्तरी– चिकित्सकको अभावमा महोत्तरीस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ

तरकारी तथा फलफूलको आजको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा– राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल