आईपीएल अक्सनमा नेपालबाट सन्दीप मात्रै « Khabarhub

आईपीएल अक्सनमा नेपालबाट सन्दीप मात्रै


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नाईमा हुने अक्सनमा नेपालका सन्दीप लामिछाने मात्रै छनोट भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । जसबाट फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनमा नेपालबाट सन्दीपको नाम मात्रै समावेश छ ।

२०१७ मा पहिलो पटक आईपीएलमा सन्दीप २० लाख आधार मूल्यमा छनोट भएका थिए । तीन वर्ष दिल्ली क्यापीटल्सबाट खेलेका उनलाई यहिँ सिजनमा दिल्लीले रिलिज गरेको हो । यस सिजनमा उनको आधार मूल्य ४० लाख रहेको छ ।

यस्तै, उक्त अक्सनमा एसोसिएट क्षेत्रका मात्रै तिन खेलाडी छनोट भएका छन् । सन्दीपसँगै अमेरिकाका अलि खान र युएईका कार्तिक मेइयाप्पन अक्सनका लागि छनोट भएका हुन् ।

आईपीएफको २०२१ को सिजनका लागि १ हजार ११४ जना खेलाडीबाट २९२ खेलाडी छनोट भएका छन् । २९२ जनामा १६४ भारतीय क्रिकेटर छन् । विदेशी १२५ क्रिकेटर छन् भने ३ जना एसोसियटका क्रिकेटर छन् ।

अक्सनमा सबैभन्दा धेरै २ करोड आधार मूल्य भएका भारतका हर्वजन सिंह र उमेश यादव छन् भने विदेशी आठ जना खेलाडी छन् । जसमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, साकिब अल हसन, मोइन अली, सम बिलिङ्स, लिएम पुल्किट, जसन रोय र मार्क उड छन् ।

यी खेलाडी अहिलेको अक्सनमा सबैभन्दा बढी आधार मुल्य भएका खेलाडी हुन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ७ : ०१ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली