आईपीएल अक्सनमा नेपालबाट सन्दीप मात्रै « Khabarhub

आईपीएल अक्सनमा नेपालबाट सन्दीप मात्रै


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नाईमा हुने अक्सनमा नेपालका सन्दीप लामिछाने मात्रै छनोट भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । जसबाट फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनमा नेपालबाट सन्दीपको नाम मात्रै समावेश छ ।

२०१७ मा पहिलो पटक आईपीएलमा सन्दीप २० लाख आधार मूल्यमा छनोट भएका थिए । तीन वर्ष दिल्ली क्यापीटल्सबाट खेलेका उनलाई यहिँ सिजनमा दिल्लीले रिलिज गरेको हो । यस सिजनमा उनको आधार मूल्य ४० लाख रहेको छ ।

यस्तै, उक्त अक्सनमा एसोसिएट क्षेत्रका मात्रै तिन खेलाडी छनोट भएका छन् । सन्दीपसँगै अमेरिकाका अलि खान र युएईका कार्तिक मेइयाप्पन अक्सनका लागि छनोट भएका हुन् ।

आईपीएफको २०२१ को सिजनका लागि १ हजार ११४ जना खेलाडीबाट २९२ खेलाडी छनोट भएका छन् । २९२ जनामा १६४ भारतीय क्रिकेटर छन् । विदेशी १२५ क्रिकेटर छन् भने ३ जना एसोसियटका क्रिकेटर छन् ।

अक्सनमा सबैभन्दा धेरै २ करोड आधार मूल्य भएका भारतका हर्वजन सिंह र उमेश यादव छन् भने विदेशी आठ जना खेलाडी छन् । जसमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, साकिब अल हसन, मोइन अली, सम बिलिङ्स, लिएम पुल्किट, जसन रोय र मार्क उड छन् ।

यी खेलाडी अहिलेको अक्सनमा सबैभन्दा बढी आधार मुल्य भएका खेलाडी हुन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ७ : ०१ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ