दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–४ स्थित बटरबारी सडक खण्डमा बिहीबार राति भएको ट्याक्टर दुर्घटनामा चालक सुनवर्षी–४ का २३ वर्षीय मिथिलेश यादवको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा रंगेली अस्पतालमा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ त ३६७० नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–४ मा  दुर्घटनामा परेर सह–चालकको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा ट्रकका सह–चालक ३० वर्षीय विशाल खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको ठेगाना खुलेको छैन ।

ना ६ ख ६५५१ नम्बरको ट्रक ब्रेक फेल भएर बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : १७ बजे

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको