एक चुरोटले फेरिएको अभिनेता प्राणको भाग्य « Khabarhub

एक चुरोटले फेरिएको अभिनेता प्राणको भाग्य


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता प्राणले आफ्नो अभिनय करियरमा झण्डै ३ सय ५० बढी फिल्ममा अभिनय गरे ।

सकारात्मक होस् या नकारात्मक भूमिका, उनलाई दुवै भूमिकामा दर्शकले उत्तिकै रुचाए । उनलाई दर्शकले भिलेन चरित्रमा बढी मनपराए । बलिउडमा एक चुरोटले प्राणको भाग्य फेरिएको किस्सा अझै लोकप्रिय छ ।

प्राण चुरोटको सौखिन थिए । उनलाई चुरोटको लत कक्षा ६ मा पढ्दादेखि सुरु भएको थियो । एकपटक प्राण चुरोट लिन पान पसलमा गएका थिए । जहाँ उनको भेट लेखक मोहम्मद वलीसँग भयो ।

वलीले प्राणलाई देख्ने बित्तिकै आफ्नो फिल्मका लागि योग्य भूमिका पाएको अनुभव गरे । त्यसपछि वलीको प्रस्ताव अनुसार प्राणले पञ्जाबी फिल्म ‘यमला जट’बाट आफ्नो अभिनय करियर सुरु गरे ।

सन् १९२० फेब्रुअरी १२ मा पुरानो दिल्लीमा जन्मिएका प्राणले आफ्नो करियरमा ‘मधुमति’, ‘जिस देस में गंगा बहती है’, ‘उपकार’, ‘शहीद’, ‘पूरब और पश्चिम’, ‘आंसू बन गए फूल’, ‘जोनी मेरा नाम’, ‘जञ्जीर’, ‘डोन’, ‘अमर अकबर एन्थनी’ र ‘दुनिया’ जस्ता हिट फिल्म दिए ।

उनको पुरा नाम प्राण कृष्ण सिकंद थियो र उनका पिता एक सरकारी वकिल इञ्जिनियर थिए ।

रामपुरबाट मेट्रिक पास गरेका प्राण फोटोग्राफर बन्न चाहन्थे । उनले ‘रामलीला’ चरित्रमा सीताको भूमिकामा अभिनय पनि गरेका थिए ।–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ०५ बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति