अजय र राम चरणसँग भिड्दै डेनियल क्रेग « Khabarhub

अजय र राम चरणसँग भिड्दै डेनियल क्रेग


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–सन् २०२१ बलिउडका लागि विशेष छ, किनकी यो वर्ष मेगा बजेटका थुप्रै फिल्म प्रदर्शनको तयारीमा छन् । बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ र साउथ सुपरस्टार जूनियर एनटीआर र राम चरण अभिनित फिल्म ‘आरआरआर’ एकैदिन रिलिज हुँदैछन् ।

यहीबीचमा यी दुई फिल्म रिलिज भएकै दिन हलिउड स्टार डेनियल क्रेगको अन्तिम जेम्स बोण्ड सिरिज फिल्म ‘नो टाइम टू डाई’ पनि रिलिज हुँदैछ । यी तिनै फिल्म दशैंको लामो बिदामा रिलिज हुन लागेका हुन् ।

बक्सअफिसमा एकैदिन तीन ठूला स्टारको फिल्म रिलिज हुने भएपछि यसको पीडा र तनाव अहिले निर्मातालाई बढी परेको छ । यसअघि अमिताभ बच्चनको फिल्म ‘तुफान’ र ‘जादुगर’ एकैदिन रिलिज हुँदा दुवै फिल्म फ्लप भएका थिए ।

डेनियलको फिल्म ‘नो टाइम टु डाई’ यसअघि नै रिलिज हुने पूर्वघोषित योजना भए पनि कोरोना भाइरसको महामारीका कारण एक वर्ष रिलिज स्थगित गर्नुपरेको थियो ।

त्यहीकारण इण्डियन डिस्ट्रिब्यूसन नेटवर्क यो फिल्मलाई सन् २०२१ को कुनै ठूलो विदामा रिलिज गर्ने सोच बनाइरहेका छन् । त्यहीकारण उनीहरु दशैंको माहौलमा फिल्म ल्याउने तयारीमा छन् ।

निर्माता बोनी कपूर र जी स्टुडियो ‘मैदान’ र ‘आरआरआर’ को हुन लागेको प्रतिष्पर्धाबाट खुशी छैनन् । त्यसमाथि ‘नो टाइम टू डाई’पनि आउने भएपछि उनी दुई गुना दुःखी बनेका छन् । यदि यी तीन फिल्म एकसाथ रिलिज हुने अवस्था बन्यो भने ‘मैदान’का निर्माता नयाँ मिति खोज्ने योजना बनाइरहेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ४५ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’