प्रिन्सले बनाए कंकालको गितार ! « Khabarhub

प्रिन्सले बनाए कंकालको गितार !


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–अमेरिकी संगीतकार प्रिन्स मिडनाइटको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मानिसहरु संगीतकार प्रिन्सभन्दा पनि उनले बजाउदै गरेको गितार देखेर चकित परेका छन् । कतिपयले गितारको कथा सुनेर विश्वास नै गर्न सकेका छैनन् । यो गितारको कथा सुन्दा जोकोहीका आँखा ठूला हुन्छन् ।

संगीतकार प्रिन्स आफ्नो अनौठो ‘हेभी मेटल म्यूजिक’ स्टाइलका लागि चिनिन्छन् । उनी यो स्टाइलको श्रेय काकालाई दिन्छन् । केही समयअघि मात्र प्रिन्सका काकाको निधन भएको थियो । यसबाट आहत प्रिन्सले उनलाई फरक किसिमले श्रद्धाञ्जली दिनुपर्ने ठाने । त्यहीकारण उनले काकाको कंकाललाई पूर्ण रुपमा इलेक्ट्रिक गितारमा बदले ।

उनले एक भिडियो युट्युबमा राखेका छन् । जहाँ प्रिन्स निकै सजिलो किसिमले गितार बजाइरहेका छन् । गितारका लागि प्रिन्सले कंकाललाई बेसको रुपमा प्रयोग गरे, जसमा स्ट्रिंग, भोल्युम नब, गितार नेक, ज्याक, पिकअप र इलेक्ट्रोनिक बोर्ड लगाइएको छ ।

‘मैले काकाको कंकालबाट गितार बनाउने निर्णय त लिएँ, तर यो निकै चुनौतीपूर्ण काम थियो । मैले धेरै अनुसन्धान गरें र आजसम्म कसैले कंकालको गितार नबनाएको थाहा पाएँ’, उनले भनेका छन् । उनले कंकालको गितार बनाउने योजना दुई साथीलाई सुनाउँदा उनीहरु छाँगाबाट खसेजस्तै भएको बताए ।

प्रिन्सको काकाको मृत्युपछि उनको कंकाल मेडिकल कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षाका लागि हस्तान्तरण गरिएको थियो । जब कलेजमा यो कंकालको काम सकियो, त्यसपछि काकाको परिवार उनको अन्तिम संस्कारको लागि तयार भएनन् । त्यही मौकामा उनले काकाको सम्झनालाई जीवन्त बनाउन कंकालको गितार बनाउने निर्णय लिए ।
–एजेन्सी

 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १२ : ०५ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली