‘सत्यम्’को स्क्रिप्टमा व्यस्त राजेश हमाल « Khabarhub

‘सत्यम्’को स्क्रिप्टमा व्यस्त राजेश हमाल


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली फिल्ममा एकताका अभिनेता राजेश हमालले स्क्रिप्ट नै नपढी फिल्म साइन गर्छन् भन्ने किस्सा निकै लोकप्रिय थियो । त्यो समयको माहौल हेर्दा हमालले त्यसो गर्लान् भन्ने विश्वास फिल्मलाई पनि थियो । किनकी हमाललाई आफ्नो फिल्ममा अभिनय गराउन उनको निवासमा निर्माताको भीड नै लाग्थ्यो । तर अवस्था सधैं त्यही माहौलमा रहेन ।

पछिल्लो दशकमा फिल्ममा नयाँ पुस्ताको प्रवेशसँगै हमालको फिल्मी सक्रियता घटेको छ । मधु भट्टराईसँग वैवाहिक जीवन बाँधिएपछि हमाल पारिवारिकसँगै सामाजिक काम तथा घुमघाममा रमाइरहन्छन् ।

उनी जहाँ पुग्छन्, त्यहाँको गतिविधिलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा अपडेट गर्छन् । उनी भावना पोस्ट गर्दैनन्, त्यसको सट्टामा विभिन्न पोजका तस्वीर राख्छन् ।

यिनै हमाल झण्डै चार वर्षपछि दर्शकमाझ फिल्म ‘सत्यम्’मार्फत आउदैछन् । फिल्मको स्क्रिप्ट नपढ्ने आरोप खेपेका हमाल अहिले यो फिल्मको स्क्रिप्टमा व्यस्त छन् । उनले फेसबुकमा राखेका केही तस्वीरले पनि यो कुराको पुष्टि गरेको छ ।

तस्वीरमा हमाल निकै खुशी मुडमा देखिएका छन् । यो समयमा फिल्म ‘सत्यम’को स्क्रिप्टमा हमालसहित निर्देशक शंकर कार्की व्यस्त छन् ।

यो फिल्ममा अभिनेता अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ । फिल्ममा अनुप भिलेन चरित्रमा देखिँदैछन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १ : ०० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर