‘कुनै दिन’मा प्रेमिल पुष्प र श्रद्धा « Khabarhub

‘कुनै दिन’मा प्रेमिल पुष्प र श्रद्धा


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँवर्ष २०७८ को छेको पारेर रिलिज हुने फिल्म ‘कृष्ण लीला’को पहिलो गीत ‘कुनै दिन यस्तो पनि’ सार्वजनिक भएको छ । प्रेमिल भावको गीतमा फिल्मका प्रमुख कलाकारद्वय अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरमा छायांकन गरिएको हो ।

दीपक ओली निर्देशित फिल्ममा रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् ।

फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतको अभिनय छ ।

प्रेमकथाको फिल्ममा लक्ष्मण सुवेदीको लेखन, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको सह–निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  २ : ३५ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल