‘कुनै दिन’मा प्रेमिल पुष्प र श्रद्धा « Khabarhub

‘कुनै दिन’मा प्रेमिल पुष्प र श्रद्धा


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँवर्ष २०७८ को छेको पारेर रिलिज हुने फिल्म ‘कृष्ण लीला’को पहिलो गीत ‘कुनै दिन यस्तो पनि’ सार्वजनिक भएको छ । प्रेमिल भावको गीतमा फिल्मका प्रमुख कलाकारद्वय अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरमा छायांकन गरिएको हो ।

दीपक ओली निर्देशित फिल्ममा रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् ।

फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतको अभिनय छ ।

प्रेमकथाको फिल्ममा लक्ष्मण सुवेदीको लेखन, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको सह–निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  २ : ३५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी