सुटिङ शैली फेर्दै आमिर खान « Khabarhub

सुटिङ शैली फेर्दै आमिर खान


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेता आमिर खान हालका दिनमा आफ्नो महत्वाकांक्षी फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गर्ने ध्याउन्नमा छन् । त्यसका लागि उनी दिनरात नभनी मेहनत गरिरहेका छन् । आमिर वर्षमा एक फिल्ममा मात्र काम गर्न रुचाउछन् । यो उनको काम गर्ने शैली नै हो ।

तर अब भने यी अभिनेताले आफ्नो शैलीलाई परिवर्तन गर्दैछन् । किनकी ‘लाल सिंह चड्डा’पछि आमिर तीन फिल्ममा व्यस्त हुँदैछन् । त्यहीकारण उनले एकैपटक दुई फिल्मको सुटिङ गर्ने योजना बनाएका छन् ।

फिल्म ‘लाल सिंह चड्डा’पछि आमिरको हातमा टी–सिरिजका संस्थापक गुलशन कुमारको बायोपिक फिल्म ‘मोगुल’, स्पेनिस फिल्म ‘क्याम्पिओनेस’को रिमेक फिल्म र अर्को एक बायोपिक फिल्म छ ।

फिल्म ‘मोगुल’ आमिर र गुलशनका छोरा भूषण कुमार संयुक्त रुपमा निर्माण गर्दैछन् । जसमा आमिरले गुलशन कुमारको भूमिका निभाउनेछन् । यो फिल्मको छायांकन यसै वर्षको मध्यमा सुरु हुनेछ ।

फिल्म ‘क्याम्पिओनेस’मा आमिर एक जड्याहा बास्केटबल बन्दैछन् । सोनी पिक्चर्सले निर्माण गर्ने फिल्ममा ‘शुभ मंगल सावधान’ निर्देशक आरएस प्रसन्नाको निर्देशन हुनेछ । आमिरले गर्ने बायोपिक फिल्मको बारेमा विस्तृत खुलाइएको छैन । तर यो फिल्म एक रहस्यमयी कथामा बन्ने चर्चा बलिउडमा छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । फिल्ममा करीना कपूर खान र मोना सिंहको पनि अभिनय छ । फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ ।
–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ३ : २० बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति