शताब्दी पुरुष जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा « Khabarhub

शताब्दी पुरुष जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीरको अंग दान गर्ने घोषणा गरेका छन् ।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

उनीहरुले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

सत्यमोहन १०१ वर्ष पार गरेका छन् भने राधादेवी ९७ वर्षमा प्रवेश गरेकी छन् ।

उनीहरुले मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका हुन् । अहिले किस्ट अस्पतालले जोशी दम्पतीको निःशुल्क हेरचाह गरिरहेको छ ।

सय वर्ष उमेर नाघेर बाँचेको मानिसको शरीरको अवस्था कस्तो हुने रहेछ भन्ने जानकारीका लागि पनि आफूले यो निर्णय गरेको जोशीले बताएका छन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ४ : ३२ बजे

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज