मिथिला नगरीमा ‘जनकपुर साहित्य महोत्सव’ « Khabarhub

मिथिला नगरीमा ‘जनकपुर साहित्य महोत्सव’


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यताको रक्षा र पुनरुत्थान गर्दै पठन संस्कृतिको विकासका लागि आगामी फागुन १९ देखि फागुन २२ गतेसम्म मिथिला नगरी जनकपुरमा ‘फोन पे जनकपुर साहित्य महोत्सव’ हुने भएको छ ।

स्रष्टा नव मिथिला फाउन्डेसन प्रमुख आयोजक, बुकहिल पब्लिकेसन र सानो पाइला सह–आयोजक रहेको महोत्सवको यो दोस्रो संस्करण हो । महोत्सवमा १५ सत्रमा ४५ जना वक्ताहरूले साहित्य, संगीत, सिनेमा, संस्कृति र सभ्यतालगायतका विषयमा बहस गर्नेछन् ।

काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतको काम गर्ने बताए । ‘जनक, जानकी, याग्यवल्क्य र विधापतिको शहरका ऐतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवद्र्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम भूमिका खेल्नेछ’, उनले भने ।

महोत्सवका निर्देशक सञ्चारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य–पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । ‘सामाजिक मूल्य–मान्यता र नैतिकता हराउँदै गईरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा केही योगदान दिनेछ’, उनले भने ।

महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोश्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने जनाए ।

मुख्य प्रायोजक फोन पे नेपालका निर्देशक सुवास शर्माले डिजिटल दुनियामा साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको बताए । महोत्सवमा भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता हुनेछ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : ४५ बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई