४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ | Khabarhub Khabarhub

४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४४ हजार नगदसहित जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने ३२ वर्षीय झक्कबहादुर शाही, सोही वडामा बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र वडा–८ मा बस्ने ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु ४४ हजार १३५ नगद बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।

उनीहरुलाई जुवा कसुर ऐन अन्तरगत कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ७ : १४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय