महिला हिंसाको विरोध : प्रतिकात्मक शव र मलामीसहित र्‍याली (भिडियोसहित) « Khabarhub

महिला हिंसाको विरोध : प्रतिकात्मक शव र मलामीसहित र्‍याली (भिडियोसहित)


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला हिंसा र विभेदविरूद्धका घटको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च गरिएको छ ।

बसन्तपुरबाट सुरू भएको मार्च पास भद्रकाली पुगेर सभामा परिणत भएको थियो ।

मार्चमा कालो कपडा लगाएर महिलाहरु सहभागी भएका थिए । सहभागीहरुले प्रतिकात्मक शव र मलामीसहित र्‍याली निकालेका थिए ।

मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिलाहरु प्रदर्शनमा सहभागी भएका थिए ।

हेरौँ भिडियो

महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता थियो ।

मार्चपास अघि बसन्तपुरमा साङ्लोमा बाधिएर युवाहरुले हिंसा र विभेदविरूद्धका घट्नाको विरोध गरेका थिए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ०२ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च