कतारमा कोभिड-१९ सम्बन्धी नियम पालना नगर्ने ६ व्यापारिक केन्द्र बन्द « Khabarhub

कतारमा कोभिड-१९ सम्बन्धी नियम पालना नगर्ने ६ व्यापारिक केन्द्र बन्द


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा सामाजिक दूरी लगायतका कोभिड-१९ प्रोटोकलको पालना नगरी भिडभाड गर्ने सफारी मल लगायतका ६ व्यापारिक केन्द्रमाथि कारबाही गरिएको छ ।

कतारको वाणिज्य र उद्योग मन्त्रालयले कोभिड-१९ प्रोटोकलको पालना नगर्ने व्यापारिक प्रतिष्ठानलाई कारबाही गर्दै बन्द गराएको हो ।

मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा पर्ल-कतार, अल वाक्राको होम सिटी, अबु हम्मूरको सफारी मल्ल, ऐन खालिदमा डाइटर परामर्श, सौक वाकिफको एन्नाबी क्याफेटेरिया ९२ र पुरानो एयरपोर्ट क्षेत्रको अल रवानाक ट्रेडिंग कम्पनी रहेका छन ।

मन्त्रालयले यस अघि नियम उलङ्घन नियन्त्रण गर्न आफ्नो निरीक्षण अभियान तीव्र पार्ने बताइसकेको थियो ।

मन्त्रालयले सबै नागरिक र बासिन्दालाई दर्ता र व्यावसायिक इजाजतपत्र, वा सावधानी र रोकथाम उपायहरूको उल्लंघन गरेको देखेमा मन्त्रालयलाई रिपोर्ट गर्न समेत आग्रह गरेको छ ।

कतारले कोरोना संक्रमण बढेसँगै यस अघि जारी भएका कोभिड सुरक्षा सावधानीका नियमहरू गत हप्ता देखि पुनः लागू गरिसकेको छ ।

सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण रुपमा पालना गर्न कतारमा कार्यरत रहेका नेपाली समुदायलाई नेपाली दूतावासले समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : १७ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती