विश्वकप क्रिकेट लिग २ : एकदिवसीय सिरिज स्थगित « Khabarhub

विश्वकप क्रिकेट लिग २ : एकदिवसीय सिरिज स्थगित


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ ।

आइसीसीले कोरोना महामारीलगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

ओमान सिरिजका लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो । यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो ।

लिगमा हालसम्म नेपालले चार खेलमा चार अंक जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिका १२ खेलमा १२ अंक जोड्दै लिगको दोस्रो स्थानमा ओमान १० खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : २५ बजे

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ