लिभ इन रिलेसनमा रहेर अलग्गिएका यी जोडी | Khabarhub Khabarhub

लिभ इन रिलेसनमा रहेर अलग्गिएका यी जोडी


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा यस्ता कैयौं जोडी छन्, जसको सम्बन्ध फ्यानका लागि उत्सुकतापूर्ण हुन्थ्यो । जुन सम्बन्धलाई उनीहरुले एक कदम अगाडि बढाएर लिभ इन रिलेसनसिपमा मजबुत बनाए ।

तर दुर्भाग्यले उनीहरुको सम्बन्ध लामो समय चल्न सकेन र उनीहरु अलग्गिए । आजतकले यस्ता जोडीहरुको बारेमा एउटा समाचार तयार पारेको छ ।

अभिनेता रणवीर कपूर र अभिनेत्री कटरीना कैफको जोडी एकताका बलिउडमा सुन्दर जोडी मानिन्थ्यो । दुवैजना इबिजामा छुट्टी मनाउन जाँदाको तस्वीर सार्वजनिक भएपछि उनीहरुको सम्बन्धबारे खुलासा भएको थियो ।

रणवीर र कटरीनाको सम्बन्ध सुरुदेखि नै चर्चामा थियो । कटरीना अघि दीपिकासँग सम्बन्धमा रहेका बेला उनले कटरीनाकै कारणले आफूले रणवीरलाई छोडेको बताएकी थिइन् ।

इबिजाको छुट्टीबाट फर्किएपछि उनीहरु लिभ इन रिलेसनमा बसे । उनीहरुको क्रियाकलाप हेर्दा उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन सक्ने सम्भावना देखिएको थियो । तर अचानक दुवैले अलग्गिने निर्णय लिए ।

उनीहरु किन छुट्टिए भन्ने अहिलेसम्म कसैले पनि थाहा पाउन सकेका छैनन् । छुट्टिएपछि केही समय दुस्मन बनेका उनीहरु अहिले मिल्ने साथी भएका छन् ।

अभिनेत्री अंकिता लोखण्डे र अभिनेता सुशान्त सिंह राजपुत करिब ६ वर्षसम्म प्रेम सम्बन्धमा रहे । टेलिसिरियल ‘पवित्र रिश्ता’को सेटमा दुवैबीच प्रेम भयो र केही समयपछि उनीहरु लिभ इन रिलेसनमा रहे । तर उनीहरुको सम्बन्ध लामो समयसम्म रहन सकेन र उनीहरु अलग्गिए ।

अभिनेता अभय देवल बलिउडको चर्चित देवल परिवारसँग जोडिएर आउछन् । उनको जीवनशैली आफ्नो परिवारको भन्दा अलग छ । देवल परिवारमा अभय मात्र एक यस्ता सदस्य थिए, जसले लिभ इन रिलेसन जस्तो सम्बन्धमा आफूलाई समाहित गरे । उनी चार वर्षसम्म प्रिती देसाईसँग लिभ इन रिलेसनमा रहे । त्यसपछि यो जोडी अलग्गिए ।

अभिनेत्री लारा दत्त केली दोर्जीसँग ८ वर्षसम्म लिभ इन रिलेसनमा रहिन् । ८ वर्षपछि उनीहरु अलग्गिए । लाराको जीवनमा महेश भूपति आएपछि उनलाई नै आफ्नो जीवनसाथी बनाइन् ।

अभिनेता जोन अब्राहम र अभिनेत्री विपाशा बसु नौ वर्षसम्म लिभ इन रिलेसनमा रहे । कुनै समयमा बलिउडका परफेक्ट जोडी मानिएका उनीहरु बीचमा खटपट भएपछि अलग्ग्एि ।

निर्देशक विक्रम भट्ट र अभिनेत्री अमिषा पटेलको अफेयर लामो समयसम्म चल्न सकेन । एउटा छोटो भेटले नजिकिएका उनीहरु त्यो नजिकपनालाई धेरै समयसम्म टिकाउन सकेनन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १ : ३० बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न