अब पशुपतिनाथ मन्दिर बिहान ५ देखि बेलुकी ७ बजेसम्म खुल्ने  « Khabarhub

अब पशुपतिनाथ मन्दिर बिहान ५ देखि बेलुकी ७ बजेसम्म खुल्ने 


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दिर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

विसं २०७६ चैत ११ गते कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो । बिहीबार महाशिवरात्रिपछि आजदेखि भने विसं २०७६ चैत १० गतेसम्म खुला गरिएअनुसार मन्दिर खुला गरिएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिए ।

आजदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । मध्याह्न करिब एक घण्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ ।

विशेष पूजा निरन्तर

कोरोनाकालमा रोकिएको विशेष पूजा पनि कोषले फागुन २५ देखि शुरु गरेको छ । हाल रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । महाशिवरात्रिका अवसरमा बिहीबार भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गरिएको थियो ।

महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई जना र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चार कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि तय गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ ।

आर्थिक वर्ष २०७५/२०७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो ।

कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ११ : ०१ बजे

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५